Logo

प्रमुख समाचार

सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी



काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा गएराति आगलागी भएको छ । जेनजी आन्दोलनमा सबै भवन जलेपछि अस्थायी रूपमा नयाँ भवनमा सरेको सर्वोच्चमा आगलागी भएको हो ।

आगलागीले ‘प्रयोगविहीन अवस्थामा राखिएका कागजातहरू जलेको’ सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

आगोले विचाराधीन मुद्दाका कागजातमा कुनै क्षति नगरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । उनका अनुसार, आगोले अभिलेख शाखा रहेको कोठाबाट अन्यत्र असर गरेको छैन ।

अदालतहरूले फैसला भइसकेका मुद्दा र त्यसका कागजात भण्डारण गर्न अभिलेख शाखा बनाएका हुन्छन् । निश्चित समयपछि अभिलेख शाखाबाट मुद्दाका अरू मिसिलहरू नष्ट गरी फैसलाहरू मात्रै सुरक्षित गरिन्छ । नयाँ भवन बनाउने क्रम चलिरहेकाले निर्माणाधिन अभिलेख शाखामा काम नलाग्ने र प्रयोगविहिन फाइल र कागजात मात्रै राखिएको प्रवक्ता कोइरालाले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १४:१६   :  बजे

453
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।