Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.६६ अंकले बढेर २,५४२ को विन्दुमा कायम भएको छ ।

आज १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ४० करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.७६ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १३.३३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १५:१४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।