Logo

मनोरञ्जन

भोटेकोशी बाढीपीडितका लागि कलाकारको साथ, कसले कति गरे सहयोग?



काठमाडाैं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि कलाकार तथा मनोरञ्जन क्षेत्रका व्यक्तिहरूले आर्थिक तथा भौतिक सहयोग गरेका छन् । केहीले नगद रकम प्रदान गरेका छन् भने केही कलाकार राहत सामग्री वितरण र उद्धारमा प्रत्यक्ष खटिएका छन् ।

सार्वजनिक रूपमा उपलब्ध विवरणअनुसार कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठले सबैभन्दा बढी २१ लाख रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै फिल्म ‘पार्वती’को टिमले झन्डै १२ लाख तथा गायक सुशान्त केसीले १० लाख रुपैयाँ सहयोग गरेका छन्।

कलाकार तथा मनोरञ्जन क्षेत्रबाट भएको सहयोगको सूची यस्तो छ :
आर्थिक सहयोग
कन्दरा ब्याण्डका विवेक श्रेष्ठ — २१ लाख रुपैयाँ
फिल्म ‘पार्वती’ टिम — झन्डै १२ लाख रुपैयाँ
गायक सुशान्त केसी — १० लाख रुपैयाँ
पारस बम ठकुरी ‘कुल ब्वाय’ — ५ लाख रुपैयाँ
जोन एन्डी लोकल्स ब्यान्ड — ५ लाख रुपैयाँ
दीपकराज गिरी र दीपाश्री निरौला — ३ लाख रुपैयाँ
अभिनेत्री वर्षा शिवाकोटी — ३ लाख रुपैयाँ
भुवन–बसुन्धरा–चैत्य फाउण्डेशन — ३ लाख रुपैयाँ
नीति शाह र त्रिसरा रेस्टुरेन्ट — ३ लाख रुपैयाँ
विपना थापा तथा डा. आशुतोष भारद्वाज — २ लाख ५१ हजार १११ रुपैयाँ
फिल्म ‘बा ए योद्धा’ टिम — २ लाख रुपैयाँ
मह जोडी — २ लाख रुपैयाँ
विराज भट्ट — १ लाख ५१ हजार रुपैयाँ
गीतकार संघ नेपाल — १ लाख १५ हजार रुपैयाँ
फिल्म ‘युग’ टिम — १ लाख १ हजार रुपैयाँ
रचना रिमाल — १ लाख रुपैयाँ
बेनिशा पौडेल — १ लाख रुपैयाँ
मेलिना राई — १ लाख रुपैयाँ
प्रकाश सपूत — १ लाख रुपैयाँ
बिनिता कार्की — ६१ हजार २४२ रुपैयाँ
रोहित अधिकारी — ५१ हजार ५०० रुपैयाँ
विपिन कार्की — ५१ हजार रुपैयाँ
जितु नेपाल — ५१ हजार रुपैयाँ
चक्र बम — ५१ हजार रुपैयाँ
माल्भिका सुब्बा — ५० हजार रुपैयाँ
शान्तिश्री परियार — ५० हजार रुपैयाँ
टीका सानु — ५० हजार रुपैयाँ
गोविन्द शाही — ५० हजार रुपैयाँ
सुशील पोखरेल — ३३ हजार ३३३ रुपैयाँ
हिमाल सागर — २७ हजार ७७७ रुपैयाँ
शिव परियार — २५ हजार रुपैयाँ
एलिना चौहान — २५ हजार रुपैयाँ
चन्द्र शर्मा — २५ हजार रुपैयाँ
दीपिका व्याम्बु — २५ हजार रुपैयाँ
प्रताप दास — २५ हजार रुपैयाँ
अर्जुन सापकोटा — २५ हजार रुपैयाँ
मञ्जु पौडेल — २५ हजार रुपैयाँ
शिवशंकर रिजाल — २१ हजार रुपैयाँ
राधिका हमाल — २१ हजार रुपैयाँ
मेनुका माझी — २० हजार रुपैयाँ
रामकृष्ण ढकाल — ११ हजार रुपैयाँ
आनन्द कार्की — ११ हजार रुपैयाँ

राहत सामग्री र उद्धारमा पनि कलाकारको सक्रियता
आर्थिक सहयोगसँगै केही कलाकार तथा कलाकारका टोली प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण तथा उद्धारमा समेत सक्रिय भएका छन्।

बल्छी धुर्बेसहित ‘जुठे’ तथा ‘हल्का रमाइलो’ टोलीले करिब १ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ। अभिनेता पल शाह र दुर्गेश थापा पनि राहत सामग्री वितरणमा सक्रिय छन्।

त्यस्तै रविन्द्रसिंह बानियाँ, रौनक विक्रम कँडेल र बिहानी पंगेनी राहत वितरण तथा उद्धारमा खटिएका छन्।

अभिनेत्री निखिला उप्रेतीले च्यारिटीका लागि फिल्म ‘आचार्य’को एक शो दिने घोषणा गरेकी छन्। अनमोल केसी र समीक्षा अधिकारीले पनि सहयोग गरेको जनाइए पनि उनीहरूको सहयोग रकम सार्वजनिक गरिएको छैन। विपद्को कठिन समयमा कलाकारहरूले आर्थिक सहयोगसँगै प्रभावित बस्तीमै पुगेर राहत र उद्धारमा दिएको साथले पीडित परिवारलाई तत्काल राहत पुर्‍याउन सहयोग पुगेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १७:१४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।