Logo

विविध

बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडाउन रोक, अटेर गरे जफत गरिने



काठमाडौं  । गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रहरूमा साना तथा अनधिकृत ड्रोन नउडाउन सबैमा आग्रह गरेको छ ।

विपद्ग्रस्त क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी तथा शव स्थानान्तरणका लागि प्रयोग हुने १०० केजीसम्म भारवहन क्षमता भएका आधिकारिक ड्रोनलाई मात्र उडान अनुमति दिइनेछ । त्यसबाहेकका अन्य कुनै पनि साना वा व्यक्तिगत प्रयोजनका ड्रोन उडानमा पूर्ण रोक लगाइएको छ ।

अनुमतिबिना ड्रोन उडाइएको पाइएमा ‘एन्टी–ड्रोन’ टोली सक्रिय गरी त्यस्ता उपकरण तत्काल नियन्त्रणमा लिइने र जफत गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

उद्धार कार्यमा संलग्न टोली तथा हवाई सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै यस जरुरी सूचनाको कडाइका साथ पालना गर्न गृहमन्त्रीले सम्पूर्ण नागरिक तथा सरोकारवालाहरूमा अपिल गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार २०:०७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।