Logo

समाचार

काठमाडौँको गोकर्णेश्वरमा थप ११५ शवको व्यवस्थापन



काठमाडौं ।हालैको बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायका लागि एफवानसफ्ट समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ।

समूहअन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेसनल, ईसेवा मनि ट्रान्सफर तथा अन्य समूह कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम प्रदान गरिएको हो।

बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा सहयोग गरिएको एफवानसफ्ट समूहले जनाएको छ।

यसैबीच, राहतका लागि इसेवा र फोनपेमार्फत व्यक्तिगत रूपमा सहयोग गर्ने प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रहेको समूहले जनाएको छ। इसेवामार्फत हालसम्म १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, फोनपेमार्फत ८ लाख ६२ हजार ४ सय ४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरेका छन्।

फोनपेमार्फत संकलित सहयोगमा अन्तर्राष्ट्रिय योगदानसमेत समावेश छ। भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८ सय ५८ प्रयोगकर्ताले ४ करोड २२ लाख रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै, चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९ सय ६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेका छन्।

एफवानसफ्ट समूहले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिबाट अघि बढ्न साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ।

समूहले प्रभावित क्षेत्रमा निरन्तर उद्धार, राहत तथा सहयोगमा खटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति पनि आभार व्यक्त गरेको छ।

 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार २१:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।