Logo

धर्म / संस्कृति

आजदेखि सोह्र श्राद्ध सुरु



काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आइतबारदेखि सुरु भएको छ ।

सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई विशेष महत्व दिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्ध आजबाट सुरु भएको हो ।

पितृप्रति श्रद्धा व्यक्त गर्ने प्रमुख अवसरका रूपमा सोह्र श्राद्धलाई लिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्धमा दिवंगत पितृको सम्झना गर्दै तर्पण, पिण्डदान तथा भोजन गराउने परम्परा रहँदै आएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आईतवार ०७:१३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।