Logo

अर्थ

होण्डाको दशैं योजना सार्वजनिक, नयाँ बाइक–स्कुटर किन्दा १ लाख रुपैयाँसम्म जित्ने मौका



काठमाडाैं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि (पद्म ज्योति ग्रुप) ले ‘यो दशैं, आशाको सुरुवात’ नामक चाडपर्व योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत होण्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

‘होण्डा छ साथ–साथ’ अफर
कम्पनीले योजनाको मुख्य आकर्षणका रूपमा ‘होण्डा छ साथ–साथ’ अफर अघि सारेको छ।

यसअन्तर्गत हरेक हप्ता सातै प्रदेशबाट एक–एक जना गरी सात जना विजेता छनोट गरिनेछ। विजेताले १ लाख रुपैयाँसम्म जित्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार विजेताले जितेको रकम ग्राहकले प्राप्त गर्नेछन् भने होण्डा नेपालले सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

यसरी ग्राहकलाई पुरस्कारसँगै विपद् राहतमा अप्रत्यक्ष रूपमा योगदान गर्ने अवसर दिने उद्देश्य राखिएको कम्पनीको भनाइ छ।

थप तीन विकल्पमध्ये एक रोज्न सकिने
ग्राहक सुविधालाई लक्षित गर्दै कम्पनीले अतिरिक्त योजना पनि समावेश गरेको छ। यसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार तीनमध्ये एक सुविधा रोज्न सक्नेछन्। जसमा १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, ७ वर्षसम्म निःशुल्क सर्भिसिङ वा ५ वर्षसम्मको वार्षिक मर्मत सम्झौता समावेश छन्।

फाइनान्सिङ सुविधा पनि
नयाँ बाइक तथा स्कुटर खरिदलाई सहज बनाउन कम्पनीले स्याकार हायर पर्चेज प्रालिमार्फत फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको जनाएको छ।

कम्पनीले चाडपर्वको अवसरमा ल्याइएको योजनाले ग्राहकलाई आर्थिक लाभसँगै सामाजिक उत्तरदायित्वसँग जोड्ने अपेक्षा गरेको छ।

योजनाअन्तर्गत होण्डा टु–ह्विलर खरिद गर्दा कम्पनीले तोकेका नियम तथा सर्त लागू हुनेछन्।

थप जानकारीका लागि ग्राहकले नजिकको होण्डा शोरुम, कम्पनीको वेबसाइट वा टोल फ्री नम्बर १६६००१४६६३२ तथा ९८०१५७११११ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आईतवार १४:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।