काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेका छन् । गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा भएका हुन् ।
हाल उनलाई परिवारको जिम्मा लगाइसकेको छ । प्रहरीले उनलाई पक्राउ नगरेर सुरक्षाको लागि आफ्नो कार्यालयमा ल्याएको दावी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति महाराजगञ्जस्थित घरबाट नियन्त्रणमा लिएको थियो ।
‘डिस्कर्ड ग्रुप’मा जबराविरुद्ध विभिन्न अफवाह फैलिएको भन्दै सुरक्षाका निम्ति नियन्त्रण लिइएको प्रहरीको दाबी छ ।
उनलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएन । गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नदिइएपछि आयोगको टोली फर्किएको थियो । प्रहरीले जबरालाई पक्राउ गर्नुपर्ने स्पष्ट कारण नखुलाएपनि सुरक्षा प्रमुख कारण देखाएको छ ।



















प्रतिक्रिया