Logo

समाचार

काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी



काठमाडौं । काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकहरू नियमति सञ्चालनमा आएका छन् ।

मंगलबार बिहान ९ बजेसम्मको अवस्थाअनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडक सञ्चालनमा रहेका छन् ।

यी सडकका केही स्थानमा सडकको अवस्थाका कारण एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको भए पनि अधिकांश स्थानमा भने दुईतर्फी रूपमा यातायात सञ्चालनमा रहेको रहेको छ ।

धादिङस्थित कृष्णभीर सडकखण्ड पनि हाल दुवैतर्फबाट सवारीसाधन सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार १०:३१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।