Logo

अर्थ

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । नबिल बैंक लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्।

संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर एकमुष्ट बिक्री गर्ने इच्छा राखी बैंकमा निवेदन दिएका हुन्। उक्त निवेदन बैंकको सञ्चालक समितिको बैठकमा पेस हुँदा आवश्यक प्रक्रिया पूरा गरी सेयर बिक्री तथा खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको इ.प्रा. निर्देशन नं. १०/०८२ बमोजिम संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता बैंककै विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार बैंकले इच्छुक तथा योग्य विद्यमान संस्थापक सेयरधनीलाई सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।

इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विनामार्ग, दरबारमार्ग, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार ११:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।