Logo

प्रमुख समाचार

प्रेस काउन्सिल अध्यक्षलाई ‘झ्यालबाट फाल्ने’ धम्की आएको भन्दै काउन्सिलद्वारा आपत्ति



काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्षलाई कार्यकक्षमै ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिइएको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार बिहान नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापन सम्बन्धी छलफलका क्रममा पत्रकार दीपक पाण्डेले काउन्सिल अध्यक्षलाई उक्त धम्कीपूर्ण अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ ।

छापामाध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा काउन्सिल अध्यक्षको कार्यकक्षमा छलफल जारी रहँदा अन्य सहभागीबाट समेत काउन्सिलका कर्मचारीलाई अपमानजनक व्यवहार भएको भन्दै काउन्सिलले भत्र्सना गरेको छ ।

छलफल र असहमति हुनु स्वाभाविक भए पनि त्यस क्रममा धम्कीपूर्ण भाषा स्वीकार्य हुन नसक्ने काउन्सिलको ठहर छ । काउन्सिलले आफ्ना पेसागत माग राख्ने अधिकारको सम्मान गर्ने भए पनि संस्थागत संवादका क्रममा मर्यादित र जिम्मेवार व्यवहारको अपेक्षा गरिएको बताएको छ ।

उक्त विज्ञप्तिमा प्रेस काउन्सिल नेपालका सदस्यहरू नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार २०:१२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।