Logo

समाचार

नेपालगन्जमा ८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय पक्राउ



काठमाडौं। बाँकेको नेपालगन्जस्थित एक होटलबाट ८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले भारतका रिजवान अहमद इदरीशी, माज अहमद र रफत खानलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हेरोइनसँगै दुई थान मोबाइल फोन र भारतीय नम्बर प्लेटको स्कुटीसमेत बरामद भएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार २१:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।