काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश सदस्य तथा प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ता रौतहट क्षेत्र नं. १ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।
रौतहट क्षेत्र नं. १ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट गुप्ता अपाङ्गता भएका व्यक्तिहरूका लागि आरक्षित कोटातर्फको महाधिवेशन प्रतिनिधि सदस्यमा सर्वसम्मत चयन भएका हुन्। उनको निर्वाचितसँगै आगामी महाधिवेशनमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वसमेत सुनिश्चित भएको छ।
विद्यार्थीकालदेखि नै राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका गुप्ताले नेपाली कांग्रेसको संगठन विस्तार, प्रचारप्रसार तथा विभिन्न राजनीतिक गतिविधिमा भूमिका निर्वाह गर्दै आएका छन्। उनी मधेस प्रदेशमा पार्टीको प्रचारप्रसारलाई प्रभावकारी बनाउन सक्रिय रहँदै आएका छन्।
गुप्ताले अपाङ्गता अधिकार तथा सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएका छन्। स्थानीय स्तरमा विकास तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आफ्नो वडा तथा गाउँको विकासमा समेत भूमिका निर्वाह गरेको बताइन्छ।
महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएपछि गुप्ताले आगामी महाधिवेशनमा रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने भएका छन्। उनको चयनलाई अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता र प्रतिनिधित्वका दृष्टिले पनि महत्वपूर्ण रूपमा हेरिएको छ।



















प्रतिक्रिया