काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक लिस्ट ए टी–२० मान्यता प्राप्त प्रतियोगिताको सूचीमा स्थान पाएको छ। एनपीएलको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान बनाएको छ।
आधिकारिक लिस्ट ए टी–२० मान्यता प्राप्त प्रतियोगिताको सूचीमा भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग (बीपीएल), दक्षिण अफ्रिकाको एसए२० र श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) लगायतका प्रतियोगिता रहेका छन्।
त्यस्तै, सूचीमा इङ्लिस टी–२० ब्लास्ट, क्यारेबियन प्रिमियर लिग (सीपीएल), यूएईको आईएलटी२०, अमेरिकाको मेजर लिग क्रिकेट (एमएलसी), अफगानिस्तानको शपागिजा क्रिकेट लिग, न्युजिल्यान्डको सुपर स्म्यास र जिम्बाब्वेको नेसनल टी–२० लिग पनि समेटिएका छन्।
एनपीएलले यस सूचीमा स्थान पाएसँगै नेपाली क्रिकेटको व्यावसायिक विकास र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। यसले नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर र प्रतियोगिताको विश्वसनीयता अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
नेपालमा फ्रेन्चाइज क्रिकेटको लोकप्रियता बढिरहेका बेला एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेटको संरचनाभित्र थप पहिचान बनाउनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।




















प्रतिक्रिया