Logo

खेलकुद

नेपालमा डिसेम्बर ४ देखि विश्वकप छनोट प्लेअफ हुने



काठमाडौं । नेपालमा आगामी डिसेम्बर ४ देखि ११ सम्म आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता काठमाडौंमा आयोजना हुने जानकारी दिएको हो।

प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ (सीडब्लुसीएल–२) को अन्तिम स्थानमा रहेका चार टोली तथा आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी कुल आठ टोली सहभागी हुनेछन्।

प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

नेपालमा प्रतियोगिता आयोजना हुने भएपछि डिसेम्बर ९, ११ र १३ मा नेपाल र भारत ‘ए’ बीच हुने भनिएको क्रिकेट शृंखलाको तालिकामा पनि परिवर्तन हुने भएको छ। क्यानका अनुसार उक्त शृंखलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा तय गरी सार्वजनिक गरिनेछ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा प्रतियोगिता आयोजना र नेपाल–भारत ‘ए’ शृंखलाको नयाँ तालिकाबारे जानकारी दिइएको हो।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहीबार ०८:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।