काठमाडौं। रसुवाको बेत्रावतीमा बेलीब्रिज जडान भएसँगै लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्रको पदयात्राका लागि दुई वैकल्पिक मार्ग उपलब्ध भएका छन्।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बेत्रावती क्षेत्रमा क्षति पुर्याएपछि प्रभावित बनेको लाङटाङ क्षेत्रको आवागमन बेलीब्रिज जडानसँगै सहज बनेको हो।
पहिलो विकल्पमा काठमाडौं हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याप्रु पुग्न सकिन्छ। त्यहाँबाट बम्बु, लामाहोटेल र लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ।
त्यस्तै, दोस्रो विकल्पमा काठमाडौं–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड–ठूलोस्याप्रु हुँदै बम्बु, लामाहोटेल र लाङटाङबाट क्यान्जिन पुग्न सकिने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० ले जनाएको छ।
टानले पदयात्री, पर्यटक तथा पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि सम्बन्धित पदमार्गको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। साथै, पदयात्राका क्रममा आवश्यक सुरक्षा सावधानी अपनाउन पनि टानले अनुरोध गरेको छ।




















प्रतिक्रिया