Logo

समाचार

राष्ट्रपतिले दक्षिणकाली मन्दिरमा पुगेर गरे पूजाअर्चना 



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरी पुजारीबाट टीकाप्रसाद ग्रहण गरे ।

राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार १०:१९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।