काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको सुनुवाइ तिहारपछि मात्रै हुने भएको छ ।
कार्कीका तर्फबाट सर्वोच्च अदालतमा पेस गरिएको रिट निवेदन बिहीबार दर्ता हुन सकेन । सर्वोच्च अदालतका कर्मचारीहरूले निवेदन अध्ययनकै क्रममा रहेकाले तत्काल दर्ता गर्न नसकिने जानकारी उनका कानुन व्यवसायीलाई गराएका छन् ।
सर्वोच्च अदालतमा निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइका लागि पेसी तोक्ने प्रचलन छ । शुक्रबार निवेदन दर्ता भए पनि त्यसको भोलिपल्टदेखि तिहार बिदा सुरु हुने भएकाले प्रारम्भिक सुनुवाइ तिहारपछि मात्रै हुने देखिएको हो ।
सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।






















प्रतिक्रिया