Logo

खेलकुद

भाइटीकाका दिन एनपीएलमा विश्राम, यस्तो छ अंक तालिका



काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज भाइटीकाका दिन कुनै पनि खेल नहुने भएको छ। पूर्वनिर्धारित खेलतालिका अनुसार तिहारको मुख्य दिन परेकाले आज प्रतियोगितामा विश्राम (रेस्ट डे) राखिएको हो।

यसअघि मङ्गलवार सम्पन्न २१ औँ खेलमा सुदूरपश्चिम रोयल्सले जित हात पारेको छ। सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।

यो जितसँगै ६ खेलबाट ८ अङ्क जोडेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा पुगेको छ। काठमाडौँ गोर्खाज ५ खेलबाट ८ अङ्क बटुल्दै नेट रनरेटका आधारमा शीर्ष स्थानमा कायमै छ। त्यसैगरी ५ खेलबाट ७ अङ्कसहित लुम्बिनी लायन्स तेस्रो र ५ खेलबाट ५ अङ्कसहित चितवन राइनोज चौथो स्थानमा रहेका छन्।

अङ्क तालिकाको तल्लो क्रममा विराटनगर किंग्स (५ खेलबाट ४ अङ्क), कर्णाली याक्स (५ खेलबाट ४ अङ्क) र जनकपुर बोल्ट्स (६ खेलबाट ४ अङ्क) क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन्। ५ खेलबाट २ अङ्क मात्र जोडेको पोखरा एभेन्जर्स अङ्क तालिकाको पुछारमा रहेको छ।

भाइटीकाको विश्रामपछि भोलि बिहीबार प्रतियोगितामा दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार ०९:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।