Logo

समाचार

गृहमन्त्री गुरुङ विश्व प्रहरी सम्मेलनमा सहभागी हुन आज यूएई जाँदै



काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएका छन्।

यूएईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले गृहमन्त्री गुरुङ सम्मेलनमा सहभागी हुन यूएई जान लागेको पुष्टि गरेका छन्।

गुरुङ आगामी मंसिर २ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।