Logo

समाचार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङका एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले ग्रामथान गाउँपालिका–५ स्थित आदर्श निकेतन आधारभूत विद्यालयका निम्न माध्यमिक तहका राहत शिक्षक सुरेन्द्रकुमार विश्वास थारूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विश्वासले २०६३ असार १५ गतेदेखि शिक्षक नियुक्ति पाउन भारतको बिहार स्कुल एक्जामिनेसन बोर्डबाट जारी भएको भनिएको आईएस्सी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको छ।

नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको ओहदा प्राप्त गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १५:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।