Logo

समाचार

घाँसका बुट्यान र रूखका हाँगा समातेर भिर चढ्दै सुरक्षाकर्मीले गरे उद्धार



हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित दुर्घटनास्थलमा उद्धार गर्न पुगेका सुरक्षाकर्मीले अत्यन्तै कठिन परिस्थितिको सामना गर्नुपरेको छ ।

ठाडो र भिरालो भूभागका कारण उद्धारमा खटिएका सुरक्षाकर्मीले घाँसका बुट्यान र रूखका हाँगा समातेर भिर चढ्नुपरेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले बताए ।

एसपी खत्रीका अनुसार दुर्घटनास्थलमा डोरीसमेत पु¥याउन कठिन भएपछि मृतकका शव सुरक्षित रूपमा माथि ल्याउन विभिन्न उपाय अपनाइएको थियो। डोकोमा शव राखेर भिरबाट माथि ल्याउने प्रयाससमेत गरिएको थियो । तर, अत्यन्तै अप्ठ्यारो भौगोलिक अवस्थाका कारण पाँच मिटरभन्दा अगाडि बढाउन सम्भव भएन।

दुर्घटनास्थलको माथिल्लो भागबाट ढुङ्गा खस्ने जोखिमसमेत उत्तिकै थियो। जोखिमपूर्ण अवस्था हुँदाहुँदै पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाका सुरक्षाकर्मी उद्धार कार्यमा दिनभर खटिएका थिए।

भिरालो भूभाग, कमजोर पहाडी संरचना र माथिबाट खस्न सक्ने ढुङ्गाको जोखिमका बीच सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर उद्धार कार्यलाई निरन्तरता दिएका थिए।

दुर्घटनापछिको उद्धार कार्य भौगोलिक कठिनाइ र जोखिमका दृष्टिले निकै चुनौतीपूर्ण बनेको थियो।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १७:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।