Logo

अन्तर्राष्ट्रिय

सुरक्षा फौजमाथि विद्रोही समूहको आक्रमण, २० जना सैनिकको मृत्यु



सुरक्षा फौजमाथि बिद्रोहीले गरेको आक्रमणमा २० सैनिकको मृत्यु भएको छ ।घटनामा दर्जनौ घाइते भएका छन् । सिरियाली विद्रोही समूहको प्रभाव रहेको हामा क्षेत्रमा सुरक्षार्थ खटिएका फौजमाथि भएको आक्रमणमा उनीहरु मारिएका हुन् ।

सेनाले गस्ती गरिरहेको बेला विद्रोही समूहले धावा बोल्दा दुई समूहबीच झडपसमेत भएको थियो । सोही क्रममा पाँच जना ५ जना विद्रोहीको पनि मृत्यु भएको हामाको ग्रामिण इलाकाबाट युद्ध अनुगमन अधिकारीलाई उद्धृत गर्दै सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

बेलायतस्थित मानव अधिकारवादी उक्त समूहका अनुसार विद्रोहीले सेनाविरूद्धको आक्रमणपछि सेनाको हतियार लुटेर भागेका छन् । झडप भएको क्षेत्र गत वर्ष रूस र टर्कीको पहलमा शान्ति क्षेत्र घोषणा गरिएको इलाका हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार १२:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।