Logo

राजनीति

नेत्र बिक्रम चन्द विप्लवको गृह जिल्ला कपिलवस्तुमा प्रहरीको विशेष अप्ररेशन



नेकपाका केन्द्रिय अध्यक्ष नेत्र बिक्रम चन्द विप्लवको गृह जिल्ला कपिलवस्तुमा प्रहरीको विशेष अप्ररेशन सुरु भएको छ ।बुधबारराती नेकपाका कार्यकर्ता कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ अन्चलपुर बस्ने वर्ष ३९ का दुर्गा बहादुर रोकालाई प्रहरीले हातियार सहित पक्राउ गरेको वडा प्रहरी इन्चार्ज महेश्वर उपाध्यायले नेपाल बहस डटकमलाई जानकारी दिए ।

इन्चार्ज उपाध्यायका अनुसार पक्राउ परेका रोक्काको घर खानतलसी गर्दा SMG दुई नाल, म्याग्जिन ३थान, ६८ राउन्ड गोलि,च्यनिज पेस्तोल १ नाल , म्याग्जिन र ३ राउन्ड गोलि, एम ज्ञट को १२९ राउन्ड गोलि,वाइरिङ तार त रीमोट समेत बरामद गरिएको हो ।

अझै हातियार रहेको अशंकामा भगवानपुरका शिक्षक यादव चन्दको घरमा प्रहरिले छापा मर्ना जादा स्थानीयले विरोध गरेका थिए । शिवराज बाल मैत्री स्थानीय शासन वडा घोषणा भएकोले बालबालिकाले प्रहरीलाई गाउँ प्रवेशमा रोक लगायका थिए ।

यतिबेला भगवानपुर गाउँ पुरै तनाव पुर्ण रहेको छ। प्रक्राउ परेका रोक्कालाई छोड्नु पर्छ भन्दै, प्रहरी प्रशासनमा बालबालिकाले मुर्दाबाद लगायतका नारा लगाएका थिए ।गाउँका स्थानीय र बालबालिकाहरुले नेपाल प्रहरी र शसस्त्र प्रहरीका १ सय ६८ जवानलाई गाउबाट करिब एक किलोमिटर पछि सम्म हट्ना बध्य बनाएका छ्न ।

प्रहरीले भगवानपुरको ५ घरमा खानतलासी समेत गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख उपाध्यायले बताए । अझै गाउको केही घरमा खानतलासी गर्न जादा गाउले तथा विद्यार्थिले विरोध गरेपछी हामी पछी हाटेको उनले बताए ।प्रहरी अझै भगवानपुर नजिकै रहेको सुन्दरी डाडा चौकीमा तैनाथ रहेको छ । प्रहरिको फौज देखेर स्थानीय त्रशीत समेत भएका छन ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार ०६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।