नेपालमा वार्षिक ४५ अर्ब रुपैयाँबराबरको औषधि कारोबार हुने गरेको छ । नेपाल औषधि व्यवसायी संघको शुक्रबारदेखि दुई दिनसम्म पोखरामा हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले सो कुरा बताएका हुन् ।
उनले देशमा कुल २१ हजार व्यक्ति औषधिको व्यवसायमा आबद्ध रहेको पनि जानकारी दिए ।गुणयुक्त, जनसुरक्षित औषधि सुलभ तरिकाले जनसमक्ष पुऱ्याउने उद्देश्यका साथ संघको स्थापना भएको बताउँदै अध्यक्ष श्रेष्ठले प्रादेशिक संरचनामा आधारित संशोधित विधानअनुसार राष्ट्रिय अधिवेशन गर्न लागिएको जानकारी दिए ।
अधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि देशभरबाट २ सय ७० प्रतिनिधिले मतदानमा भाग लिने संघले जनाएको छ ।




















प्रतिक्रिया