मेष–
कार्यमा ढिलासुस्ती आउनेछ । गरेको काममा अपजस मिल्नाले सामाजिक प्रतिष्ठा घट्नेछ । साताको मध्यमा भने अधुरा काम बन्ने तथा वैदेशिक यात्राको अवसर मिल्नेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ एवं कार्यको कदर हुनेछ । नाम र दाम दुबै कमाइने योग देखिन्छ ।
वृष–
पारीवारिक भेटघाट बन्नेछ । प्रेम सुखमा वृद्धि एवं व्यवसायिक यात्रा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवं काममा उल्झन आउनेछ । अधुरा काम रहनाले घाटा बेहोर्नुपर्नेछ । साताको अन्त्यमा भने धार्मिक यात्रा हुने, परोपकारमा मन जाने एवं भाग्यले साथ दिनाले काममा सफलता मिल्नेछ ।
मिथुन–
घर बाहिरको काममा व्यस्ता बढ्नेछ । खेलकुदमा प्रगति एवं स्वास्थ्यमा सुधार हुनेछ । प्रेममा खुशियाली बढ्ने, साझेदारी व्यवसायमा नाफा मिल्नेछ । काममा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । साताको अन्त्यमा भने अवरोधको सिर्जना, ऋण लाग्ने एवं अरुको अपजस आफूलाई लाग्नेछ ।
कर्कट–
अध्ययनले सफलता पाउनेछ । सांगीतिक क्षेत्रमा प्रगति एवं सन्तानबाट सहयोग मिल्नेछ । ऋणको भार कम हुने एवं व्यवसायमा प्रगति देखिन्छ । साताको अन्त्यमा भने यात्राको योग बन्ने एवं पारीवारिक सहयोग मिल्नाले आँटेको काममा प्रगति हुनेछ ।
सिंह–
पारीवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने व्यापारमा वृद्धि एवं सन्तानको प्रगति हुनेछ । यात्रामा खर्च बढ्नाले पैसाको अभाव रहनेछ । साताको अन्त्यमा भने साथीभाइ भेटघाट एवम पारीवारिक व्यस्तता बढ्नेछ । धनको सहयोग मिल्नाले तनाव कम हुनेछ ।
कन्या–
छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग मिल्नाले घरायसी कामबाट फाइदा मिल्नेछ । आत्मबल बढ्नाले काममा प्रगति देखिन्छ । साताको मध्यमा भने पारीवारिक मनमुटाव एवं स्वास्थ्यमा समस्या हुनेछ । साताको अन्त्यमा भने सम्पति कारोबार बढ्ने, छोराछोरीको सहयोग मिल्ने एवं कला साहित्यमा बिशेष रुचि जानेछ ।
तुला–
बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवं इष्टमित्रबाट सहयोग पाइनेछ । काममा व्यस्ता बढ्ने एवं जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने घरायसी वादविवाद बढ्ने एवं महिला वर्ग शत्रुता हुन सक्नेछ ।
वृश्चिक–
पहिचान स्थापित हुनेछ । काममा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । मनोरञ्जनमा खर्च हुने एवं घुमफिरमा मन जानेछ । व्यापार व्यवसायमा वृद्धि हुनाले धनको जोहो हुनेछ । साताको अन्त्यमा भने व्यावसायिक यात्रा एवं वैदेशिक काममा शुभ समाचार मिल्नेछ । बन्धु वान्धवको सहयोगले अधुरा काम पुरा हुनेछ ।
धनु–
आर्थिक व्यय बढ्नेछ । अनावश्यक खर्च हुनाले यात्राम सास्ती मिल्नेछ । साताको मध्यमा भने व्यवसाय फस्टाउने एवम धनसम्पति प्राप्ती हुनेछ । सवारी सुख एवं भोगविलासमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने, रोजगारीमा सफलता एवम जागिरमा उन्नतिका साथै काममा मानसम्मान मिल्नेछ ।
मकर–
मनग्य आम्दानी हुनेछ । व्यवसायमा फाइदा हुनाले ऋणको बोझ कम हुनेछ । साताको मध्यमा भने खर्चले तनाव हुने एवं झूठाे आरोप लाग्नेछ । मनमा चिन्ता बढ्नाले फाइदा अरुलाई हुनेछ । साताको अन्त्यमा भने अधुरा काम बन्ने, व्यवसायमा राहत मिल्ने एवं अरुको काममा समय बढी खर्च हुनेछ ।
कुम्भ–
सरकारी क्षेत्रमा फाइदा मिल्नेछ । ठुलाबडाले साथ दिनाले पदप्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको श्रोत मिल्नाले तनाव कम हुनेछ । व्यापारमा फाइदा हुनाले धन सम्पति बढ्नेछ । जग्गा जमिन एवम कृषिबाट आम्दानी बढी हुनेछ । साताको अन्त्यम भने धनको क्षय हुने, व्यर्थ खर्च गर्नुपर्ने एवं शारिरीक पीडा एवं यात्रामा व्यवधान हुनेछ ।
मीन–
भाग्यले साथ दिनेछ । धर्मकर्ममा रुचि जानेछ । सामाजिक एवं पारेपकार क्षेत्रमा संलग्ता बढ्नेछ । साताको मध्यमा भने कर्मको फल मिल्ने एवं पहिचान स्थापित हुनेछ । जागिर एवं रोजगारीको अवसर मिल्नेछ । आफन्तको धनको सहयोगबाट आँटेको काम पूरा बढ्नेछ । आम्दानी बढ्नाले नयाँ सम्मान प्राप्ति हुनेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी





















प्रतिक्रिया