७८ लाख घुस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व आयुृक्त राजनारायण पाठकालाई थुनामुक्त गर्न बिशेष अदालतले ७८ लाख रुपैँया धरौटी माग गरेपछि तनावमा परेका पाठकलाई नेपाल बंगलादेश बैकले साथ दिएको छ ।
नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीपछि पाठकलाई रिहा गर्न प्रक्रिया अघि बढाइएको विशेषले जानकारी दिएको छ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले यस्तो आदेश गरेको हो।
पाठक मंगलबार सुटुक्क विशेषमा हाजिर भएका थिए। विशेषले उनलाई बयान लिदै आजै थुनछेक बहस भएको थियो।सरकारी वकिल र पाठकका कानुन व्यवसायीको बहसपछि धरौटी माग गरी रिहा गर्ने आदेश गरेको हो।उनीसँगै प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने अझसम्म फरार छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
यो पनि पढ्नुहोस्
यसैबीच भ्रष्टाचारको मुद्धा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले आफूलाई फसाएको बताएका छन । आफुले ७८ लाख लिएको भन्ने कुरा सरासर झुठो भएको बताएका छ । आज विशेष अदालतमा बयान दिँदै पूर्वआयुक्त पाठकले सो कुरा बताएका हुन् ।
विषेष अदालतमा बयानका लागि हाजिर भएका उनले भने, मैले ७८ लाख लिएको कुरा झुठो हो, यसमा मलाई नियतबस फसाइयो ।’ त्यसअघि पूर्वआयुक्त पाठसँग अदालतले ७८ लाख धरौटी माग गरेको थियो । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको हो ।
पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए । आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा पाठकले आयोगको सदस्यमा नियुक्ति पाएका थिए ।




















प्रतिक्रिया