Logo

प्रमुख समाचार

यस्तो बनायो काँग्रेसले गणतन्त्र दिवशका दिन गरिने कार्यक्रमको सूची



नेपाली काँग्रेसले गय बर्षको गणतन्त्र दिवशको अवशरमा बिभिन्न कार्यक्रमहरु गी मनाउने निर्णय गरेको छ। नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले सभापति शेररबहादुर देउवा लगायतका नेताहरुको उपस्थितिमा गरिने कार्यक्रम बताएका छन् ।

कार्यक्रम यस्तो रहेको छ :

‘नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले यो वर्षको गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।

कार्यक्रमहरु

१. मिति २०७६ जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने ।

२. २०७६ जेठ १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरुमा दीप प्रज्ज्वलन गर्ने ।

काठमाण्डौं उपत्यकामा विहान ६ः३० बजे शान्ति बाटिकाबाट प्रभातफेरी प्रारम्भ गर्दै शहरका विभिन्न चोक हुँदै पुनः शान्ति बाटिका कार्यक्रम समापन गरिने । साथै, साँझ ६ः३० बजे शान्ति बाटिका दिप प्रज्ज्वलन गरिने ।

३. मिति २०७६ जेठ १६ गते ‘संघीयता कार्यान्वयन’ विषयका अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने ।

अन्तरक्रिया कार्यक्रमहरु अनुपम फुडल्याण्ड, बत्तीसपुतली, गौशालामा ठिक १२ः३० बजे शुरु हुनेछ । कार्यक्रम प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुनेछ ।

यो पनि पढ्नुहोस् 

कांग्रेसले गर्यो बम विस्फोटप्रति दुःख प्रकट

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकमा पछिल्लो समय बढदै गएका बम विस्फोट र हत्या हिंसाका घटना तथा जनधनको क्षतिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसले आइतबार साझ विज्ञप्ति जारी गरी हिंसाको राजनीति परित्याग गर्न नेत्रविक्रम चन्द समूहलाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा र नेपाल सरकारलाई अपिल गरेको छ ।

कांग्रेसले विज्ञप्तिमा काठमाडौंका विभिन्न स्थानमा आइतबार साझ भएको बम विस्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति पार्टीको ध्यान गम्भीर ढंगले आकृष्ट भएको उल्लेख गर्दै त्यसप्रति दुःख प्रकट गरेको छ ।

लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढंगले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनुलाई कांग्रेसले अत्यन्तै दुःखद रूपमा लिएको छ, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बम विस्फोटमा परेर अमूल्य जीवन गुमेको छ । यसले शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ, कांग्रेसले विज्ञप्तिमा भनेको छ, लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको मुलुकमा पछिल्ला घटनाक्रमबाट कसैको विजय हुँदैन ।

कांग्रेसले विज्ञप्तिमा ललितपुरमा केही महिनाअघि भएको हत्या, भोजपुरमा जेठ ७ मा राज्यले गरेको फेक इन्काउन्टरु र राजधानीमा आइतबार भएको घटनाले समग्रमा शान्तिपूर्ण संवादभन्दा समाधानको अर्को विकल्प छैन भनेर प्रस्ट्याएको समेत उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्

संसदमा मुठभेड गर्ने कांग्रेस प्रमुख सचेतक खाँणको चेतावनी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मिडिया विधेयक फिर्ता लिन सरकारसंग आग्रह गरेका छन् । कांग्रेस काठमाडौ क्षेत्र नं–४ ले आज काठमाडौंमा गरेको जागरण अभियानको उद्घाटन गर्दै उनले मिडिया विधेयक फिर्ता नलिए संसदमा मुठभेडको स्थिति सृजना हुने चेतावनी दिए ।

कांग्रेसले लोकतन्त्रको रक्षाको लागि खबरदारी गर्ने भन्दै नेता खाँणले प्रेस माथिको हस्तक्षेप अस्वीकार्य हुने बताए । कार्यक्रममा कांग्रेस नेता गगन थापाले कांग्रेसले कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध जागरण अभियान सञ्चालन गरेको भन्दै सडक र सदनबाट खवरदारी गर्ने बताए । कार्यक्रममा विभिन्न कलाकारहरुले चेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।