Logo

समाचार

अध्यापन अनुमतिपत्रको आवेदन फारम सच्याउने अवसर



शिक्षकसेवा आयोगले अध्यापन अनुमतिपत्रको आवेदन फारम सच्याउनका लागि अवसर दिएको छ । आयोगले पहिलोपटक अनलाइनका माध्यमबाट आवेदन फारम भर्न पाउने सुविधा प्रदान गरेको थियो । गत असार मसान्तसम्म आवेदकहरूले आवेदन भरेका थिए ।

भरिएकामध्ये करिब साढे दुई हजार आवेदन गलत रूपमा भरिएको पाइएपछि भदौ २१ गतेसम्म सो सच्याउन सकिने सुविधा दिएको छ । आयोगका सूचना अधिकारी दामोदर आचार्यले आवेदकहरूले साइबरबाट फाराम भरेको र त्यसरी भर्दा विवरण गल्ती गरेकाले उनीहरूलाई सच्याउने अवसर दिइएको बताए।

गलत काम गर्नेलाई जबाफदेही बनाउन विधेयक : प्रबक्ता बाँस्कोटा

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिक अधिकार प्राप्तिको लडाई पूरा भएकाले अबको समय उत्पादन, निर्माण र विकासको रहेको बताएका छन् ।

अर्घाखाँचीको शितगंगा नगरपालिका ३ ठाँडामा शनिबार रेडियो शितगंगाको उद्घाटन गर्दै उनले बर्तमान सरकारले मुलुकमा समृद्धिको जग बसालिसकेको र यसको परिणाम अबको केही समयमा देखिने बताए ।

मन्त्री बास्कोटाले उत्पादनका क्षेत्रहरुलाई बलियो बनाउँदै उत्पादकत्व बढाउने र त्यसैका माध्यमबाट समृद्धिका आधारहरुलाई साकार पारिने बताए । त्यसो गर्न नसके उपलव्धिहरुको पनि रक्षा हुन नसक्नेतर्फ सरकार सचेत रहेको उनले उल्लेख गरे ।

सरकारले तय गरेका समृद्धिका आधारहरुलाई साकार पार्न निजी र सहकारी क्षेत्रसँग पनि सहकार्य गर्ने गरी योजना बनाइरहेको उनले जानकारी गराए ।
मन्त्री बास्कोटाले दशकौं लामो संकल्पलाई यही सरकारले साकार पार्ने गरी काम गरिरहेको र विरोधीहरूले भ्रम सिर्जना गरेको जस्तो सुतेर नबसेको प्रष्ट पारे । आर्थिक विकासको क्षेत्रमा पनि सरकारले उल्लेख्य प्रगति गर्ने वातावरण तयार पारिसकेको उन जानकारी गराए ।

प्रबक्ता बास्कोटाले विकास निर्माणका कामहरुलाई प्रभावकारी बनाउन निर्देशन दिंदै विकासका काममा कुनै पनि प्रकारको राजनीति गर्न नहुने बताए । नेकपाले जनादेशको उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले जनचाहना अनुरुप कै कामहरू अगाडि बढाइएको बताइ ।

आमसञ्चारका माध्यमलाई अझ जवाफदेही, जिम्मेवार र पारदर्शी बनाइने बताउँदै उनले हाल प्रस्तावित विधेयकले आमसञ्चारलाई नै बलियो बनाउने प्रष्ट पारे । ‘भ्रामक खबर छाप्ने, पूर्वाग्रह राख्ने, असत्य मात्रै लेख्ने र त्यहीँ असत्यलाई पुष्टि गर्न कैयन झुटहरू बोल्ने र लेख्नेहरू पनि छन्’ उनले भने, ‘यस्तै गलत काम गर्नेहरुलाई जवाफदेही बनाउनका लागि नै विधेयक ल्याउन लागिएको हो ।’

प्रकाशित मिति : ८ भाद्र २०७६, आईतवार ०३:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।