Logo

प्रमुख समाचार

डा. गोविन्द केसीको फेरि अनशन बस्ने चेतावनी



लामो समय देखि चिकित्सा क्षेत्रमा काम गर्दैै आएका डा. गोविन्द केसी पुन: अनशन बस्ने चेतावनी दिएका छन् ।आइतबार एक विज्ञप्ति मार्फत सात बुँदे माग राख्दै डा. केसी अनशन बस्ने चतावनी दिएका हुन् ।

डा. केसीले विगतमा गरेका सम्झौता अनुसार चिकित्सा शिक्षा एैन संसोधन हुनुपर्ने, निजी मेडिकल कलेजले अवैध रुपमा असुल गर्दै आएको रकम विद्यार्थीललाइ फिर्ता गर्नुपर्ने,संसदिय उपसचिवले मेडिकल कलेजको शुल्क र सिट बढाउन गरेकोे प्रस्ताव खारेज गनुपर्ने लगायतका सात बुुँदे माग राखेका छन् ।

दशैं बिदा काटियो

दशैं बिदा भने विगतको तुलनामा कटौती भएको छ । सरकारले अघिल्लो वर्षदेखि दशैं बिदा ३ दिन कटौती गरेको हो । पहिला दशैंमा सरकारी कार्यालय फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुन्थ्यो ।

घटस्थापनाको दिन समेत गरी दशैंमा ८ दिन बिदा दिइन्थ्यो । अहिले भने बिदा कटौती गरी ५ दिनमा झारिएको छ । दशैंमा अब फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र बिदा दिइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार १०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।