Logo

समाचार

नेपाल चेम्वर अफकमर्सद्धारा छात्रवृत्तिप्रदान



नेपाल चेम्बर अफकमर्सले विभिन्नप्रदेशबाट ५ जना छात्रालाई स्नातकतहकालागि छात्रवृत्तिप्रदानगरेको छ ।

छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्थाकमजोर भई उच्चशिक्षा हासिलगर्नबाट बञ्चितभएका मेहनतीतथा जेहेन्दार छात्रा विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदानगरि उनीहरुलाई रोजगार मुखी शिक्षा प्रदान गर्नु हो ।

यो छात्रवृत्ति प्राप्त गरेका छात्राहरुले ए.पि.यु.सँग आबद्ध एल.बि.इ.एफ.(लर्डबुद्ध)क्याम्पस मैतिदेबीमा ३ वर्षे बि.ए. बिजनेस म्यानेजमेन्ट स्नातकतह पढ्न पाएकापाउने भएका छन् ।

१०ं२ पास वा सो सरह अध्ययन गरेकाविद्यार्थीले यो छात्रवृत्तिको लागिआवेदनदिएकाथिए । यस योजनाबाट महिलाविद्यार्थीहरुले ३ वर्षका लागि लाभलिने भएका छन् । यस योजना अन्तर्गतका प्रमुख छात्रवृत्ति छात्राहरुको लागि छुट्याइएको छ । यो विषय अध्ययनका लागि छात्रवृत्तिमा परेका विद्यार्थीले ३ वर्षको अवधिभर रु.६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्र वृत्तिप्राप्तगर्न सक्नेछन् ।

चेम्बर र एल.बि.इ.एफ.(लर्डबुद्ध)क्याम्पसबीच भएको समझदारीपत्र अनुसार गठीत छनौट समितिले छात्रवृत्ति छनौट गरेको थियो । छात्रवृत्तिमा परेका छात्राहरुमा अनु पौडेली, संखुवासभाप्रदेश न. १, मेनुका गुरुङ, इटहरी, प्रदेश न. १, सुप्रया ठाकुर, रौतहट प्रदेश २, अन्वेषा खड्का, दोलखा, प्रदेश न. ३, र कृटिना श्रेष्ठ, काठमाडौं, प्रदेश ३ परेका छन् ।

आगामी वर्षदेखी सबै प्रदेशको प्रतिनिधि हुने गरी छनौट गर्ने व्यवस्थागरिएको चेम्बर अफकमर्सको शिक्षातथा खेलकुद समितीका अध्यक्ष दिपककाजी तुलाधरले जानकारी दिए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलवार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।