Logo

गण्डकी प्रदेश

कांग्रेस उम्मेदवार खेमराजलाई घरदैलोमा जाँदा सडकमा ढुंगा थुपारेर अवरोध



नेपाली कांग्रेस कास्कीका उम्मेदवार खेमराज पौडेलसहित कांग्रेसका नेताहरू घरदैलो अभियानमा जाँदा बाटो अवरुद्ध गरिएको छ। पोखरा–१६ बाट अर्मला जानेक्रममा अर्मलाकोटमा बाटो अवरुद्ध गरिएको कांग्रेस नेता ऋषि काफ्लेले जानकारी दिए।

उनका अनुसार बाटो खनेर ढुंगा थोपरिएको छ। नजिकै डोजर छ तर चालक छैनन्। जबकि निर्बाचन आचार संहिता अनुसार निर्बाचनका बेला विकास निर्माणका कुनै पनि काम गर्नसमेत पाइदैन।

यो कांग्रेस उम्मेदवारसहित नेताहरू आउने भन्ने चाल पाएर सुनियोजित रुपमै बाटो अवरुद्ध गरिएको युवा नेता गोविन्द लामिछानेले बताए। गाडी गुडाउनै नमिल्ने गरी बाटो अवरुद्ध भएपछि उम्मेदवार पौडेलसहितका नेताहरू हिंडेरै अर्मला पुगेको बताइएको छ।

बिद्या भट्टराईलाई चुनाव जिताउन कास्कीमा नेकपाले गर्‍यो यस्तो सहमति

मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ बाट उम्मेदवार बनेकी विद्या भट्टराईलाई चुनाव जिताउन सत्तारुढ नेकपाले एक खोला नै अतिक्रमणकारीलाई जिम्मा लगाउने सम्झौता गरेको छ ।

फिर्के खोलाको किनार अतिक्रमण गरि बसेका करिब २ सय घरधुरीले आफ्नै उम्मेदवार उठाएपछि भोट काटिने र चुनाव हार्ने डरले ९ने।क।पा।० खोला बेच्ने निर्णमा पुगेको हो । पोखरा महानगरपालिकाले खोला मिचेर बसेकाहरुलाई सो स्थान खाली गर्न पटक–पटक ताकेता गर्दै आएको थियो । अतिक्रमणकारीहरुले चुनावलाई अवसरका रुपमा लिँदै भोटसँग खोला हडप्ने योजना सफल पारेका छन् ।

खोला हडप्नेहरुले फिर्के खोलाको मापदण्ड परिवर्तन नगरे नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई भोट नहाल्ने घुर्की लगाएका थिए । जसरी पनि जित्ने अभियानमा लागेकी भट्टराईलाई जिताउन नेकपाले महानगरलाई नै खोलाको मापदण्ड घटाउने निर्णय गराउन लगाएको हो । फिर्के पीडितका नाममा खोला हडप्ने अधिकांश मानिसहरु सत्तारुढ नेकपासँग आबद्ध हुन् ।

स्वार्थका लागि नेकपाको नाम भजाएकाहरुले खोलासँग भोटको सौदाबाजी गर्न स्थानीय सुनिल कोइरालालाई उम्मेदवार समेत बनाएका थिए । उनले धमाधम भोट माग्दै हिँड्न थालेपछि आत्तिएको नेकपाले अन्ततः भोट लिने र खोला मिच्न दिने सम्झौता गर्‍यो ।

खोलाको मापदण्ड भित्र रहेका घर तथा संरचना हटाउन ताकेता गरिरहेको महानगरले भोटको राजनीति गरिरहेको नेकपाको दबाबमा १० मिटरको मापदण्डलाई १ मिटरमा झार्ने सम्झौंता गरेको हो।

फिर्केको मापदण्ड घटाउने सहमति गर्न पूर्व स्वास्थ्यमन्त्री समेत रहेका खगराज अधिकारी, विद्याको चुनावका मुख्य कमाण्डर राजकाजी गुरुङ, पोखरा महानगरपालिकाका प्रवत्ता धनबहादुर नेपाली, पोखरा महानगरपालिकाका अधिकृत नारायण शर्मा र फिर्के संरक्षण समितिका प्रतिनिधी संलग्न छन् । उनीहरुल मंगलबार १० मिटरको मापदण्ड एक मिटरमा झार्ने सहमति गरेका हुन्।

सम्झौता भएअनुसार अब पोखरा महानगर, कार्यपालिकाको बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव पेश गर्ने र बहुमतबाट उक्त मापदण्ड पारित गर्ने योजना छ ।
तर पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले फिर्केको मापदण्ड घटाउने सहमतिमा आफु नभएको र यस्ता सम्झौता भएकै रहेछ भने पनि कार्यपालिकाको बैठकमा प्रस्तावको रुपमा पेश नहुने बताएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार ०३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।