प्राणघातक रोग एड्सका कारण सन २०१८ मा हरेक घण्टा १३ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । युनिसेफले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०१८ मा दैनिक औसत ३२० बालबालिकाको मृत्यु भएको पाईएको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।
पर्याप्त उपचारको ब्यवस्था नहुनु, उपचारमा पहुँचको अभावलगायतका कारणले उनीहरुको मृत्यु भएको प्रतिवेदनमा जनाईएको छ । सन् २०१८ मा १४ बर्षसम्मका ५४ प्रतिशत अर्थात् ७ लाख ९० हजार बालबालिका एचआईभी सहित बाँचेका छन् । उनीहरुले विभिन्न उपचार बिधिहरु अपनाईरहेको समेत युनिसेफद्वारा जारी प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बिरामीलाई औषधोपचारका लागि सबैभन्दा धेरै पहुँच दक्षिण एशियामा रहेको उल्लेख छ । दक्षिण एशियामा ९१ प्रतिशतको उपचारमा पहुँच देखिएको छ भने मध्यपुर्व र उत्तर अफ्रीकामा ७३ प्रतिशत देखिएको छ । त्यस्तैगरि पुर्वी तथा दक्षिण अफ्रीका, पुर्वी एशिया प्रशान्त क्षेत्रमा ६१ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबिनमा ४६ प्रतिशत तथा मध्य अफ्रिकामा २८ प्रतिशत बिरामीको मात्रै स्वास्थोपचारमा पहुँच भएको युनिसेफले जनाएको छ ।




















प्रतिक्रिया