Logo

कोशी प्रदेश

यस बर्षको मानवअधिकार पत्रकारिता पुरस्कार पत्रकार गौतमलाई



पत्रकार आनन्द गौतम मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पुरस्कृत भएका छन् ।

मानवअधिकार दिवसका अवसरमा मानवअधिकार मञ्च नेपाल इलामले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारबाट यस पटक ताप्लेजुङका पत्रकार गौतम पुरस्कृत भएका हुन् । गौतम कान्तिपुर दैनिकका उपसम्पादक हुन् । प्रदेश नंं १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण राज्यमन्त्री राम राना र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले संयुक्त रुपमा उनलाई रु दश हजारसहित खादा लगाएर पुरस्कृत गरेका छन् ।

यसभन्दा पहिले नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष कोकिला ढकाल, महासङ्घ केन्द्रीय सदस्य सटेन्द्र जवेगू, कान्तिपुरकर्मी पर्वत पोर्तेल, कञ्चनजङ्घा एफएमका चन्द्र भण्डारीलगायत पुरस्कृत भइसकेका छन् । 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १३:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।