Logo

गण्डकी प्रदेश

दीपक मनाङ्गे पछि उजुरी दिने मिलन गुरुङ पनि पक्राउ



सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् । मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो । उनी ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ परेका हुन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार १४:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।