Logo

कोशी प्रदेश

औद्योगिक व्यापार मेलामा औद्योगिक स्टलहरुसंगै कलाकारहरुको प्रस्तुति



धरानस्थित पब्लिक हाइस्कुलमा जारी औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेलाको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, धरान उपमहानगरपालिकाका मेयर तिलक राईलगायतले अवलोकन गरेका छन् । शनिबार साँझ उनले मेलाको अवलोकन गरेका हुन् । प्रत्येक स्टलमा पुगेर उनले अवलोकन गरेका थिए ।

मेलाका प्रचारप्रसार संयोजक मानबहादुर दियाली विश्वकर्माले धरान आउने क्रममा मुख्यमन्त्री राईले अवलोकन गरेको जानकारी दिए । शनिबार उपभोक्ताको भीड ह्वात्तै बढेको छ । शनिबार मेलास्थल खचाखच भरिएको छ । मेला शुरू भएको तेस्रो दिन बाट मेलास्थल खचाखच भरिएको हो । मेलास्थलमा वृद्धवृद्धादेखि युवापुस्ताको जमघट छ ।

मेलामा पहिलो पल्ट सस्तो नेपाली जुत्ता चप्पल मेला समेत लगाईएकोछ । जुन आगामी चैत्र १० गते सम्म लाग्ने छ ।मेलामा सांगीतिक कार्यक्रमको लागि अहिले सम्म धरानको वाल्किंग क्लाउड ब्याण्ड , चर्चित गायक शिव लामिछाने शिवाज , शिव परियार , चर्चित गायिका तृष्णा गुरुङ लगायत को कलाकारहरुले आफ्नो बेजोड प्रस्तुतिले धराने दर्शकहरुलाई मनोरंजन दिई सकेकाछन् भने आज चर्चित गायक तथा पहिलो नेपाली तारा दिपक लिम्बु भोलि चर्चित गायिका मेलिना राई र एक खुट्टाले नृत्य गरेर नाम कमाएकी रोमी आचार्यको प्रस्तुति रहनेछ भने मेल अवधि भरमा अन्य चर्चित गायक (गायिका हरु पनि स्टेजमा उतार्ने पक्का भएको संयोजक शिबराज श्रेष्ठले बताउनुभयो ।

मेलाको दोस्रो दिन भएपनि उपभोक्ता र अवलोकनकर्ताको भीड बढ्दै गएको बताए । मेलामा ८६ वटा स्टल राखिएका छन् । मेलामा बैङ्क तथा वित्तीय संस्थाका २ वटा, होटलका ५ वटा, ढाका अल्लो, ह्याण्डिक्राफ्ट ८ वटा, नर्सरी २ वटा, मह ४ वटा, गार्मेन्ट ५ वटा, अर्गानिक अचार, चिया, ललिपप गरी ९ वटा, अन्तर्राष्ट्रिय उत्पादन ९भारत, पाकिस्तान, बङ्गलादेश० १४ वटा, पुस्तक तथा स्टेशनरी २ वटा, थोपा सिंचाइ एक वटा, स्थानीय भवन निर्माण एक वटा, भवन निर्माण कम्पनी ९आरएमसी० एक वटा, अटोमोबाइल्सका २ वटा, आइसक्रिम २ वटा, बराह ग्रुप ६ वटा, बिस्कुट एक वटा, चाउचाउ २ वटा स्टल रहेको आयोजकले जनाएको छ ।

यस्तै, स्वास्थ्य, पर्यटन, चित्रकला ३ वटा, दुगड फुड्स २ वटा, कस्मेटिक एक वटा, प्लाष्टिकका भाडा ३ वटा, वाइ एक वटा, दुग्ध विकास संस्थान एक वटा, कार्पेट २ वटा र शैक्षिक संस्थाको एक वटा स्टल राखिएको आयोजकको भनाइ छ ।

गोर्खा ब्रुअरी प्रालिको मुख्य प्रायोजन, ग्लोबल आइएमई बैंकको प्रायोजन, बराह ग्रुप र डिभाइन वाइनको सहप्रायोजन, नेपाल उद्योग वाणिज्य महासंघ, धरान उपमहानगरपालिकाको प्रवद्र्धन र एशियन थाइफुड्स, जिपिएस मोटरसाइल हेरिटेज कार्पेट, ताज आइसक्रिम, बेबी आइसक्रिम, नेक्ड एक्सप्रेस, बाग्मती प्लाष्टिक प्रालिको सहयोगमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार १८:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।