Logo

कोशी प्रदेश

माहालक्ष्मी नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर



धनकुटाको माहालक्ष्मी नगरपालिकाको आयोजनामा जेष्ठ नागरिकले दाँतसम्बन्धी उपचार पाउने भएका छन् । उक्त नगरपालिकाको स्थापना दिवसको अवसरमा चैत्र १, २ र ३ गते वडा नं ७ को प्राथमिक स्वास्थ्य केन्द्र जितपुरमा हुने कार्यक्रमको प्रदेश १ का सामाजिक बिकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्ने छन् । उपचारमा पूर्वाञ्चल डेन्टल हस्पिटलको प्रविधिक सहयोग र सामाजिक विकास मन्त्रालयको सहकार्य रहने नरपालिकाले जनाएको छ ।

६० वर्षमाथिका वृद्धवृद्धाहरुलाई निःशुल्क रुपमा दाँतको सेट लगाइने छ भने भने अन्य उमेर समूहका लागि दाँतसम्वन्धी परामर्श दिइने छ । सेवा लिनका लागि नगरपालिकाभित्र बसोवास गदै आएका नागरिकहरुले आफ्नो नजिकको सवास्थ्य संस्थामा गई आफ्नो नाम एकहप्ता पहिला नै दर्ता गराउनुपर्ने छ ।

सेवा लिन आउँदा नागरिकता, मतदाता परिचयपत्र वा आफ्नो परिचय खुल्ने कुनै कागजात लिन नगरपालिकाले आव्हान गरेको छ । कुन दाँत सेट लगाउनुपर्ने हो त्यो दाँतको नाप पहिले नै दिन पनि नगरपालिकाले स्थानीयलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार १३:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।