Logo

प्रमुख समाचार

६ लाखमै प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण !



प्रधानमन्त्री केपी ओलीको दोश्रोपटक गरिएको मृगौला प्रत्यारोपणमा ६ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको उपचार खर्च ६ लाख लागेको जानकारी दिए । गत १९ फागुनमा मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका प्रधानमन्त्री ओली १२ दिन अस्पताल बसेर शुक्रबार डिस्चार्ज भएका थिए ।

‘प्रधानमन्त्रज्यूको उपचारमा अनुमानित ६ लाखजति खर्च भयो होला’, खड्गाले भने, ‘बिल तयार भएपछि कति भयो भन्ने निश्चित हुन्छ ।’ यसअघि ०६४ मा भारतमा मृगौला प्रत्यारोपण गर्दा ५० लाखभन्दा बढी खर्च भएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार १७:५५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।