Logo

समाचार

यी हुन् कोरोना भाईरसबारे जानैपर्ने शुभसमाचारहरू



कोरोना भाइरस कोभिड–१९ बाट नेपालमा अहिलेसम्म एक जनामात्र संक्रमित भेटिएका छन् । नेपाल सरकारले परीक्षण ५०० बढीको भए पनि एक जनामात्र संक्रमित भेटिएका हुन् ।

दक्षिण एसियाको अवस्था

छिमेकी भारतमा १९४ जना संक्रमित भेटिएका छन् । ४ जनाको ज्यान गएको छ । पाकिस्तानमा २ जनाको ज्यान गएको छ । पाकिस्तानमा ४५४ जना संक्रमित छन् । श्रीलंकामा ६०, बंगलादेशमा १७ तथा भुटानमा १ जना संक्रमित रहेका छन् ।

मृत्युको आँकडा

सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । बिहीबार एकै दिन ४२७ जनाको ज्यान गएपछि इटालीमा मृत्यु हुनेको संख्या बढेको हो । इटालीमा मृत्यु हुनेको सङ्ख्या ३ हजार ४०५ पुगेको छ । यो सङ्ख्या कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो।

चीनमा अहिलेसम्म ३ हजार २४९ जनाको ज्यान गएको छ । डिसेम्बर अन्त्यदेखि फैलिएको कोरोनाबाट अहिलेसम्म ९ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ । इरानमा १ हजार २८४ जनाको, स्पेनमा ८३० जनाको फ्रान्समा २४३ जनाको र बेलायतमा १३७ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियामा ९१, नेदरल्यान्डसमा ७६, अमेरिकामा ७४ र जर्मनीमा ४४ जनाको ज्यान गएको छ ।

संक्रमितको संख्या

संक्रमितको संख्या २ लाख ४२ हजार ७२६ पुगेको छ । चीनमा ८१ हजार १५६ तथा इटालीमा ४१ हजार ३५ जना संक्रमित छन् । इरानमा १८ हजार ४०७ जना, स्पेनमा १७ हजार ९६३ जना, जर्मनीमा १५ हजार ३२०, अमेरिकामा १३ हजार ६७८ र फ्रान्समा १० हजार ८८६ जना संक्रमित छन् ।

संक्रमित निको भएर घर फर्कनेहरु

८४ हजार ९६२ जना भने निको भएर फर्केका छन् । सबैभन्दा बढी चिनियाँ नै छन् । ७० हजारको संख्यामा चिनियाँ संक्रमित निको भएको बताइएको छ । त्यस्तै इरानमा ५ हजार ७१०, इटालीमा ४,४४० जना, दक्षिण कोरियामा १ हजार ५४० जना निको भएर घर फर्केका छन् ।

जानैपर्ने शुभसमाचारहरू

१. चाइनाले उसको अन्तिम कोरोना अस्पताल पनि कोही उपचार गर्न नआएर बन्द गरिसक्यो।

२. भारतमा डाक्टरहरु कोरोनाको उपचार गर्न सफल भैसकेका छन्। बिरामीहरुमा निम्न औषधि चलाइएको थियो : Opinavir, Retonovir, Oseltamivir along with Chlorphenamine. भारतीय डाक्टरहरुले संसारभरि सोही औषधि चलाउन सुझाब दिएका छन्।

३. एरासमस मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस बिरुद्धको एन्टीबडी पत्ता लगाएको दाबी गरेका छन् ।

४. वुहान चाइनामा १०३ वर्षकी हजुरआमा कोभिड-१९ को ६ दिने उपचारपछि पूर्णरुपले निको भएर घर फर्किएकी छिन् ।

५. एप्पल कम्पनीले उसका बन्द भएका ४२ वटा पसल चाइनामा पुन: संचालनमा ल्याएको छ।

६. क्लेभिल्यांड क्लिनिकले कोभिड -१९ को परीक्षण रिजल्ट केही दिनको साटो केही घन्टामै आउने उपायको बिकास गरेको छ।

७. दक्षिण कोरियामा नयाँ बिरामीको संख्या घटिरहेको छ।

८. कोरोनाको सबैभन्दा ठुलो मार इटलीलाई परेको छ । जसको मूख्य कारण हो इटलीको जनसंख्यामा ज्येष्ठ नागरिकको मात्रा युरोपभरिमै सबैभन्दा बढी हुनु ।

९. इजरायलका वैज्ञानिकहरु कोरोना भाइरस बिरुद्धको खोप बिकास भएको घोषणा गर्ने सम्भावनाको नजिक पुगेका छन्।

१०. अमेरिकाको मेरील्याण्डका तीनजना कोभिड-१९ का बिरामी पुरै निको भएर दैनिक जीवनमा फर्किसकेका छन्।

११. क्यानाडाका वैज्ञानिकहरुको संजालले कोभिड-१९ को अनुसन्धानमा उत्कृष्ट प्रगति गरिरहेको छ।

१२. सान डिएगोको एउटा बायोटेक कम्पनी सिंगापुरको ड्युक विश्वविद्यालय र नेसनल युनिभर्सिटी अफ सिंगापुरसँग मिलेर कोभिड-१९ को खोप बिकासमा तीब्रढंगले लागिरहेको छ ।

१३. टुल्सा गाउँको पहिलो कोभिड-१९ को बिरामी निको भएका छन् । उनको पछिल्लो दुई परीक्षणमा दुवै पटक ‘नेगेटिभ’ देखिएको छ। कोभिड-१९ निको हुने रोग हो भनेर यसले देखाउॅछ।

१४. नयाँ दिल्लीको सफ्दरगन्ज अस्पतालमा उपचार गराइरहेका सातैजना बिरामी पुरै निको भएका छन्।

१५ . कोभिड -१९ बाट भर्खरै निको भएका बिरामीको शरीरबाट प्लाज्मा झिकेर नयाँ संक्रमितहरुको उपचारमा प्रयोग गर्न सकिन्छ।

१६. अमेरिकाको सियाटलमा कोभिड-१९ को खोपको मानव सुरक्षा परीक्षण सुरु भएको छ।

(श्रोत: ग्लोबल पब्लिक अफेयर्स, क्यानाडा)

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार १०:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।