Logo

राेजगार

सरकारी कर्मचारीलाई घरमै स्ट्यान्डबाई राखेर कार्यालय बन्द गर्ने सरकारको तयारी



सरकारले कर्मचारीहरूलाई घरमा स्टयान्डबाई बस्ने गरी भोलिदेखि विदा दिने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिले भोलिदेखि अत्यावश्यकबाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै बस्ने निर्णय गर्न लागेको स्रोतले सेतोपाटीलाई जानकारी दियो ।

त्यसो हुँदा कोरोना भाइरसको रोकथामका लागि बनेका विभिन्न समितिमा रहेका कर्मचारीमात्र कार्यालय गए पुग्छ । ‘सिंहदरबारमा पनि उच्च तहका कर्मचारी आउनुहुन्छ। अरू घरमै स्टान्डबाई बस्नुहुन्छ,’ स्रोतले भन्यो । समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।

कोरोना भाइरस संक्रमित युवती काठमाडौं उपत्यकाकी, दोस्रो परीक्षण पनि गरिने

फ्रान्सबाट आएकी कोरोना भाइरसबाट संक्रमित १९ वर्षीया युवतीको दोस्रो पटक पनि परीक्षण गरिने भएको छ। संक्रमित युवती काठमाडौं उपत्यकाकी स्थायी बासिन्दा हुन्। टेकु अस्पतालका अनुसार उक्त युवतीको दोस्रो परीक्षण हुने भएको हो। संक्रमणको पूर्ण पुष्टि हुन दोस्रो पटक पनि परीक्षण गर्ने गरिन्छ।

कहिलेकाहीँ पहिलो परीक्षणमा ‘पोजेटिभ’ देखिए पनि दोस्रोमा नेगेटिभ देखिने गर्छ। नेगेटिभ देखिने भनेको संक्रमण छैन भनेको हो। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती युवतीलाई कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी ती युवती ‘सेल्फ क्वारेन्टाइनमा’ बसेकी थिइन्। सेल्फ क्वारेन्टाइनमा बसिरहँदा सामान्य सुख्खा खोकी बढेपछि उनले शुक्रबार टेकु अस्पतालमा सम्पर्क गरेकी थिइन। त्यसपछि उनलाई अस्पताल आउन चिकित्सकले सुझाएका थिए।

शुक्रबार अस्पताल पुगेकी उनलाई आइसोलेसनमा भर्ना गरियो। ‘हामीले उहाँको स्वाब त्यहीँ दिन प्रयोगशालामा परीक्षणका लागि पठायौं, अस्पतालका निर्देशक सागरराज भण्डारीले भने। आइतबार आएको नतिजामा युवतीमा कोरोनाको संक्रमण देखिएको हो।

निर्देशक भण्डारीले अहिले बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको जानकारी दिए। उनले बिरामीलाई छुट्टै कोठामा राखिएको बताए। ‘उहाँमा अहिले थप लक्षण देखिएको छैन। अवस्था सामान्य छ। तर १४ दिन निगरानी राख्छौं, उनले भने। दोस्रो परीक्षणमा नतिजा नेगेटिभ देखिए बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

ती युवतीमा कोरोना भाइरस देखिएपछि उनको परिवारलाई पनि सरकारले क्वारेन्टिनमा बस्न लगाएको छ। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उनी आएको प्लेनमा सँगै आएका अरू यात्रुको खोजी भइरहेको जानकारी दिए।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १७:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।