Logo

गण्डकी प्रदेश

कोरोना भाइरस संक्रमित किशोरीसँगै आएका युवकका कारण बाग्लुङमा त्रास



फ्रान्सबाट आएकी काठमाडौंकी किशोरीलाई कोरोना भाइरसका। संक्रमण पुष्टि भएपछि उनीसँगै आएका युवक जन्मघर बाग्लुङको ढोरपाटन पुगेको खुल्यो । किशोरी चढेको विमानमा यात्रा गर्नेहरुबारे समेत जानकारी लिंदा ती युवकबारे पत्ता लागेको हो ।

संक्रमित युवतीसँगै आएका ती युवक एक रात काठमाडौंमा बसेर बाग्लुङ पुगेका थिए । उनी बसेको स्थान र यात्रा गरी गएको सवारीलगायतको वृस्तृत विवरणहरु पत्ता लगाइएको बुझिएको छ । युवकसँग सम्पर्कमा आएका सबैलाई आइसोलेशनमा बस्न भनिएको छ ।

युवकलाई पैदल यात्रामार्फत आज बुर्तिबाङ बजार लगिने भएको छ । युवकसँगै आएकी किशोरीलाई संक्रमण भएको जानकारी पाएपछि गाउँमात्र नभई ढोरपाटन नगरपालिका र बाग्लुङमा समेत त्रास बढेको छ । युवकलाई आइसोलेसनमा राखेर परीक्षण गर्ने तयारी भइसकेको बुझिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १०:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।