Logo

समाचार

धनगढीमा संक्रमित भनिएका ब्यत्तिले भने मलाई कोरोना भएको छैन म ठिक छु !



कोरोना भाइरस संक्रमण देखिएका धनगढीका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय संक्रमित युवाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको एभिन्यूज खबरसँगको फोनवार्तामा जानकारी दिएका छन् ।

विदेशबाट फर्केपछि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने थाहा भएपछि उनी आफै स्वास्थ्यजाँचका लागि अस्पताल पुगेको उनले बताएका छन् । चिकित्सकको टोली घरमै पुगेर उनको परिवारको पनि शनिबार नमूना संकलन गर्दैछ । उनीहरुलाई घरमै सेल्फ क्वारेन्टाइनमा राख्ने कि छुट्टै राख्ने भन्ने निर्णय हुन बाँकी रहेका छ ।

धनगढी उप–महानगरपालिका–५ का युवक दुबईबाट भारतको राजधानी दिल्लीहुँदै काठमाडौं पुगेको थिए । चैत ८ गते काठमाडौंबाट बुद्ध एयरको विमानमा नेपालगञ्ज पुगेका उनी कोहलपुरसम्म अटो रिक्सामा गएको र त्यहाँबाट बस चढेर धनगढी पुगेको खुलाएका छन् ।

उनले दुबैबाट आउदादेखि नै स्वस्थ रहेको बताएका छन् । बाहिरबाट आउदादेखि नै उनले साबधानी अपनाएको जनाउका छन् । हाल उनी अस्पतालमा रहेका छन् अस्पतालले खासै चासो नदिएको गुनासो गरे । उनी आप्नो आत्माबल दरो रहेको र आफ्ना परिबारका सबै सदस्यलाई अस्पतालमा आएर चेक जांच गर्न भनेका छन् ।

उनले म कोरोना संक्रमित भएको कुरा समाचारबाट सुन्न पाउदा दु:ख लागेकाे बताएका छन् तर मलाई कोरोना संक्रमण कुनै पनि हालतमा छैन मेरो रगत र खकार पुन: चेकजाच गर्न नेपाल सरकारसंग अनुरोध गर्दछु भनेका छन् एभिन्यूज खबरकाे कुराकानीमा आधारित ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार १४:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।