Logo

समाचार

मेडिकल सप्लायर्सको सरकारमाथि हमला



मेडिकल सामग्री सप्लायर्सहरुको संस्था रसायन तथा मेडिकल आपूर्ति संघले सरकारले कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि चीनबाट आयात गरेको सामग्रीमा अनियमितता भएको आरोप लगाएको छ ।

संघले आइतबार विज्ञप्ति जारी गर्दै चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री महंगो भएको बताएको हो । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत खरिद गरेको एन ९५ मास्क, चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीपी लगायत उपकरण आइतबार चीनबाट काठमाण्डु ल्याइएको छ । सप्लायर्सहरुले ती सामनको गुणस्तरीयता र खरिद प्रक्रियाको पारदर्शीतामा प्रश्न उठाएका छन् ।

मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी सामग्री खरिदमा कुनै घोटाला नभएको भन्दै हतारमा किन्नुपर्दा सामान केही महंगो परेको हुन सक्ने बताएको थियो । यस्तै मन्त्रालयले बोलपत्र आह्वान गर्दा जम्मा दुई कम्पनीले मात्र कोटेसन हालेको दाबी गरेका थिए । व्यवसायीले भने सरकारले ढाँटेको आरोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभागबाट २०७६ माघ २५ मा माग भए बमोजिम संघ आवद्ध १९ सप्लायर्सले प्रक्रियामा भाग लिएको र त्यसको प्रमाण आफूसँग भएको दाबी संघको छ । संघमा ३० औं वर्ष लामो अनुभव भएका र दक्ष प्राविधिक समेत भएका कम्पनी हुँदाहुँदै अपारदर्शी तरिकाले अयोग्यलाई खरिदको जिम्मा दिइएको भन्दै संघले आपत्ति जनाएको छ ।

‘निश्चित व्यवसायीसँग मात्र प्रचलित बजारभन्दा अधिक मूल्यमा आधिकारिक श्रोत नखुलेका र गुणस्तरको बेवास्ता गरी खरिद गरिएका सामानको नतिजा के हुने हो रु’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । गुणस्तरको बेवास्ता गरी खरिद गरिएका किटसहित सामानको प्रयोगले कोरोनाको संक्रमण स्पेनमा जस्तो नियती भोग्न नपरोस् भन्ने चेतावनी संघको छ ।

संघले आधिकारिक श्रोतबाट मेडिकल, सर्जिकल, केमिकल सामग्री ल्याएर नेपाली जनता र सरकारलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार १३:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।