Logo

समाचार

विरामी लिन नमान्ने निजी अस्पताल र मेडिकल कलेजलाई तह लाउँने तयारीमा ओली सरकार !



निजी अस्पताल र मेडिकल कलेजले विरामी भर्ना गर्न आनाकानी गर्न थालेपछि सरकारले कडा कारबाहीको नीति लिने भएको छ । समयमा उपचार नपाउने र गलत उपचारबाट विरामीहरुको मृत्यु भएको खबर सार्वजनिक भएपछि सरकारले कडा कारबाहीसम्मको नीति लिने भएको हो ।

कोरोना भाइरसको जोखिम भन्दै निजी अस्पताल र मेडिकल कलेजहरुले अहिले विरामी भर्ना र नियमित चेकजाँचमा आनाकानी गर्दै आएका छन् । उनीहरुले चिकित्सक नभएको बहाना गर्दै आएका छन् ।

कोरोना जोखिम भन्दै निजी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरु उपचारमा सहभागी हुन् आनाकानी गरिरहेका छन् । कतिपयले राजीनामा दिएर घर बसेको भेटिएको छ ।

विशेषगरी काठमाडौं उपत्यकाका निजी अस्पतालहरुमा डाक्टरहरु घर बसेका छन् । संकटको घडीमा उपचार गर्नुपर्ने अवस्थामा डाक्टरहरु लुक्न थालेपछि चिकित्सकहरुप्रति नकारात्मक धारणा बन्न थालेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १३:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।