बहराइनबाट फर्केका गोरखाका एक युवाको र्यापिड डायग्नोष्टिक टेष्टमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । आरुघाट गाउँपालिका–५ का ३१ वर्षिय ती व्यक्ति फागुन २३ गते बहराइनबाट फर्किएका थिए ।
उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ । किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्षण देखिएको छैन् ।
आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो । उनीसँगै विदेशबाट आएका अन्य व्यक्तिको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ ।




















प्रतिक्रिया