Logo

मनोरञ्जन

अप्ठ्यारोमा परेका कलाकारहरुलाई राहत प्रदान गर्ने म्युजिक भिडियो कलाकार संघको निर्णय



बिश्वभर फैलिएको कोरोना भाईरसको कारण देश यतिबेला लकडाउनको अवस्थामा छ । कला क्षेत्रमा काम गर्ने तमाम ब्यक्तिहरु पनि यो लकडाउनको कारण मर्कामा परेका छन् । लक डाउनको नियमलाई पालना गर्नुपर्ने भएको कारणले कसैले पनि काम गर्न पाएका छैनन् । त्यसैलेपनि कतिपय यही क्षेत्रमा मात्र निर्भर रहने कलाकारहरुलाई मर्का परेको छ । भनिन्छ कलाकार राष्ट्रका सम्पती हुन् , गहना हुन् तर कलाकारहरुलाई राज्यले प्रयोग मात्र गरेको छ ।

कलाकारहरुलाई राज्यले संरक्षण गर्न भने सकेको छैन । त्यही कारणले गर्दा कलाकारहरु एकजुट भएर आवाज उठाउनु पर्ने देखिन्छ । कतिपय कलाकारहरु स्टेज प्रस्तुती देखाएर, केही कलाकारहरु स्टुडियोमा गीत गाएर, केही कलाकारहरु नाचेर आर्थिक उपार्जन गर्ने गर्दथे भने हालः लकडाउनले गर्दा सबैको कामहरु ठप्प छन् ।

सोही कारणले कतिपय कलाकारलाई हात मुख जोड्न समेत धौ धौ भैसकेको अवस्था छ । यस्तो महामारी र बिपत्तीलाई मध्यनजर गर्दै बैशाख ४ गते म्युजिक भिडियो कलाकार संघले कार्यसमितीका सदस्य शिबन पोखरेलको संयोजकत्वमा “कलाकार राहत कार्यक्रम” अगाडी बढाउने निर्णय गर्दै प्रेस बिज्ञप्ती जारी गरेको छ ।

यस संस्थामा आबद्ध कोही कलाकार अपठ्यारो अवस्थामा भएको भए तलको सम्पर्क नम्बरमा सम्पर्क गर्न सोही संघका अध्यक्ष शंकर बिसीले अनुरोध गरेका छन् ।

सम्पर्कका लागि :

संयोजक : शिबन पोखरेल – ९८५१०७७३०७
अध्यक्ष : शंकर बिसी – ९८५१००७४४५
महासचिब : महेन्द्र गौतम – ९८०२००७८५२
सचिव : सुनिल लामिछाने – ९८४९४४६३३८

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार १९:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।