Logo

मनोरञ्जन

रहेनन् बलिउड अभिनेता इरफान खान



बलिउड अभिनेता इरफान खानको निधन भएको छ । भारतीय मिडियाका अनुसार इरफानको बुधबार बिहान निधन भएको हो ।

इफरान मंगलबार बिहान बाथरुममा लडेका थिए । यसपछि उनलाई उपचारका लागि मुम्बइको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा नै उनले निधन भएको हो ।

५४ बर्षका इरफान न्यूरोएन्डोक्राइन ट्यूमर रोगबाट पीडित थिए ।

गत शनिबार उनकी आमाको निधन भएको थियो।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार १३:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।