Logo

कोशी प्रदेश

चट्याङ्गको आवाज सुनेर मृत्यु



चट्याङ्गको अवाज सुनेर वहोस भएका उदयपुरका एक युवाको उपचारकोक्रममा ज्यान गएको छ । शनिबार दिउँसो ४ बजे आफ्नै खेतमा काम गरिरहेको अवश्थामा चट्याङ्ग पर्दा वहोस भएका चौदण्डीगढी नगरपालिका ५ खोरियाका १८ बर्षीय दिपेश मगरको उपचारकोक्रममा शनिबार राती मृत्यु भएको हो ।

नजिकै परेको चट्याङको आवाजले बेहोस भएका मगरको उपचारकोक्रममा धरानस्थित विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०७७, आईतवार ११:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।