Logo

कोशी प्रदेश

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, खतरा बढ्दै



सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएपछि खतरा बढेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक पुगेको छ । यो यस वर्षकै उच्च मापन हो ।

बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । त्यस्तै पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ ।

पहाडी जिल्लामा पानी पर्दा कोशी नदीमा पानीको वहाब बढ्ने गर्छ । बहाब ३ लाख क्युसेक कटेपछि खतराको संकेत स्वरुप पुर्व, पश्चिम र मध्य भागमा गरि ३ वटा रातो बत्ती बालिएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार ०९:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।