कालीगण्डकी करिडोरमा प्रयोग हुँदै आएको ट्रक भिरबाट खस्दा ३ जनाको ज्यान गएको छ ।
कालिगण्डकी करिडोर अन्तर्गत पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका-३ को भोक्राेफाट भन्ने ठाउँको भिरबाट ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको हो । जिल्ला प्रहरी कार्यालय पूर्वीनवलपरासीका प्रमुख (डीएसपी) मोहन बहादुर खाँणका अनुसार मृत्यु हुने सबै पुरुष रहेका छन्।
प्रहरीका आनुसार उक्त ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसी पुगेर आउदै गर्दा दुर्घटनामा परेको हो । सो ट्रक कालीगण्डकी करिडोरकै काममा प्रयोग गरिदै आएको खुलेको छ ।
ट्रकमा के कति जना रहेको थिए भन्ने खुलेको छैन । मृतकहरुको बिस्तृत बिवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया